१ सय ४ किलो लागू औषध गाँजा सहित तीन जना पक्राउ

हेटौंडा टुडे
६ आश्विन २०७७, मंगलवार २२:२४

जिल्ला प्रहरि कार्यलय मकवानपुरले आज १ सय ४ किलो लागू औषध गाँजा सहित तीनजनालाई पक्राउ गरेको छ ।  मनहरी गाउपालिका ६ स्थित लोथर खोलाको बगरबाट १ सय ४ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

आज बिहान सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले गाँजा सहित पक्राउ गरेको थियो ।  पक्राउ पर्नेमा राक्सिराङ गाउपालिका वडा नं ९ का २६ वर्षीय रुप खड्का ठकुरी, सोही स्थानका ३० वर्षीय टलक बहादुर घलान र २७ वर्षीय मदन कोइराला रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारि दिनुभयो ।

पक्राउ परेको ब्यक्तिहरुले भारी बनाइ बोकेर लैजाँदै गरेको प्लास्टिकको बोरा चेकजाँच गर्दा गाँजा फेला परेको डिएस र उनिहरु माथि आवश्यक अनुसन्धान भइरहेका जिल्ला प्रहरि कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*