![](https://www.hetaudatoday.com/wp-content/uploads/2020/09/download.jpg)
हेटौंडा/ बागमती प्रदेश सभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
ललितपुरकाे विथ ल्याबमा सिग्देलले पीसीआर परीक्षण गराएकी थिइन् । साेमबार उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।
उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनी अहिले काठमाडाैंस्थित हाेम आइसोलेसनमा बसेकी छन् । सिग्देल सांसद विराेध खतिवडाकी श्रीमती हुन् । उनकी छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)
सेयर गर्नुहोस्