७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास,४३ वर्षीय विक पक्राउ

टुडे संवादाता
२२ आश्विन २०७७, बिहीबार १३:५५

काठमाडौँ/प्रहरीले काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक छन् ।

विकले ७ वर्षीया बालिकालाई जबरजस्तरीकरणी गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरकाअनुसार

बुधबार हिजो दिउँसो करिब ३ः४० बजेको समयमा काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित बागमती करिडोरमा विकले बालिकामाथि बलात्कारको प्रयास गरेको स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका एसपी राठौरले बताए । विकले बालिकालाई विभिन्न प्रलोभनमा पारेर जबरजस्तीकरणी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

परक्षिणको लागि बालिकालाई अस्पताल पठाएको एसपी राठौरले बताए । विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*