हेटौंडाको बुद्धचोकमा नेपाल विद्यार्थी संघको प्रर्दशन

टुडे संवादाता
२२ आश्विन २०७७, बिहीबार १७:४३

हेटौंडा/नेपाली काँग्रेसको भात्री संघ नेपाल विद्यार्थी संघ (नेविस) ले बिहिवार हेटौंडाको बुद्धचोकमा प्रर्दशन गरेको छ । संघले अपरान्ह ४ बजे चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनरत डा.गोविन्द केसीको समर्थनमा हेटौंडाको बुद्धचोकमा प्रर्दशन गरेको हो ।

प्रर्दशनमा गोविन्द केसीको जीवन रक्षा हुनुपर्ने, केसीको माग पुरा हुनुपर्ने, मेडिकल माफिया मुर्दावाद, कोरोनासंग लड्ने कि अराजकतासंग लगायतका नारा लगाइएको थियो ।

प्रर्दशनमा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला,कांग्रेस जिल्ला सदस्य एवं विद्यार्थी विभाग प्रमुख राजिव सुवेदी, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित थापा, नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस संयोजक सन्तोष चौलागाईं, सहसंयोजक मिलन पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*