हेटौंडा/नेपालीहरुको महानचाड बडा दशैंमा मकवानपुरका शक्ति पिठ प्रवेशमा पूर्ण रोक लगाइएको छ ।
नवरात्रमा शक्ति पिठहरूमा भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले मकवानपुरका शक्ति पिठ प्रवेशमा पूर्ण रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै शक्ति पिठ तथा मन्दिरमा नित्य पुजा मात्रै हुने जनाइएको छ ।
आआफ्नै घरमा एकाघरका सदस्यहरूबीच स्वास्थ्य एवं सुरक्षाका मापदण्ड पालन गरि दशैं मनाउन निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अघिल्ला वर्षहरुमा हेटौंडाको भुटनदेवी,चुरीयामाई स्कुलरोडमा दुर्गा पूजा गर्नेहरु श्रृद्वालु भक्तजनहरुको भिड लाग्ने गर्दथ्यो ।
सेयर गर्नुहोस्