दाहालसहित सचिवालय सदस्यहरू बालुवाटरमा

टुडे संवादाता
२२ कार्तिक २०७७, शनिबार ११:५५

काठमाडौं/सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरू पार्टी मुख्यालय धुम्बाराहीको अनौपचारिक बैठक सकेर पार्टी अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुटार पुगेका छन्।

उनीहरु बैठक बोलाउन  माग गरिएको लिखित पत्रसहित बालुवाटार पुगेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांस सचिवालयका नेताहरूले अनौपचारिक छलफल गरेका हुन्।

यसअघि शुक्रबार पनि सचिवालयका बहुमत सदस्यहरुको छलफलले ओलीलाई सहमतिमा बैठक राख्न लिखित आग्रह गर्ने निर्णय गरेको थियो।

धुम्बाराही छलफलपछि कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटर पुगेका हुन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*