संसद अधिवेशन बोलाउन सरकारसँग बाबुरामको माग

टुडे संवादाता
२२ कार्तिक २०७७, शनिबार १२:४१

काठमाण्डु/जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष डा. भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले किचलोमा संसदलाई पार्न नहुने बताएका छन् ।

उनले नेकपाभित्रको आन्तरिक किचलो उसको विषय भएपनि सरकारका पछिल्ला कर्म जनता र प्रतिपक्षी दलको सरोकारको विषय भएकाले संसद अधिवेशन बोलाएर छलफल हुनुपर्ने माग गरेका हुन् ।

‘नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होला । उसैले छिनोफानो गरोस् । तर केपी शर्मा ओली सरकारको दुष्कर्म, अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कि । १.कोरोना २.अर्थतन्त्र ३.संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध, ६.अन्य’, उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*