हेटौंडा/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ज्येष्ठ नागरिकको सम्मान गर्ने आर्शिवाद पाईने बताएका छन् । नेपाली कांग्रेस हेटौंडा–४ को आयोजनामा हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतनमा भएको खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नेता बानियाँले ज्येष्ठ नागरिक ज्ञान र अनुभवले भरिएको समूह भएकाले उनीहरुको सम्मान गर्दा आर्शिवाद पाईने बताएका हुन् ।
उनले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई राज्यले सदुपयोग गर्नुपर्नेमा जोड दिंदै समस्या परेका ज्येष्ठ नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम दिव्य सेवा निकेतन जस्ता संस्थाले गरेको भन्दै उनले संस्था र संचालकहरुको प्रशंसा गरे । उनले यस्ता सेवा निकेतनलाई सहयोग गर्न आफु सधैं तत्पर रहेको समेत उनले बताए ।
सेयर गर्नुहोस्