काठमाडौं/राप्रपाका अध्यक्ष कमल थापा र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप परेको छ । डा. भट्टराईले आफ्ना सहपाठीसमेत रहेका राप्रपा अध्यक्ष थापाले नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ‘अब घडीको सुई पछाढि फर्काउन सकिन्न’ शीर्षकमा लेखेको आलेखमाथि टिप्पणी गर्दै लेखेका छन्,‘मेरा सहपाठी मित्र@KTnepal ले ग्वेबल्सको दुष्प्रचार-सूत्र ’झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’ को अनुशरण गर्दै पुन: गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन्! क्रान्तिका अगुवा प्रचण्ड-बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र?”
भट्टराईलाई जवाफ फर्काउँदै थापाले पनि लेखेका छन्,‘फेरी हसाउनु भयो सहपाठी मित्र@brb1954 ले।कति हास्नु हौ! क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो।त्यसमा कुनै विरोध छैन।तर,त्यो भारीको मालिक तपाईहरू होईन,शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए।तर,जव सक्क्ली मालिकले भारिको दावि गरेपछि त्यसमा तपाईले बालहठ नदेखाएकै बेश”