काठमाडौं/सरकारले नेपालमा रासयनिक मल उद्योग स्थापना गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले रासायनिक मल काराखाना खोल्नेबारे प्रस्ताव गरेपछि त्यसका लागि समिति गठन गरिएको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको जानकारी दिए । समितिमा उद्योगमन्त्री कृषि तथा पशुपंक्षी मन्त्री सदस्य रहेका छन् ।
समितिले उद्योग स्थापनाबारे निकट भविष्यमै कसरी लगानी गर्ने र कस्तो संरचना गर्ने भन्नेबारे सम्भाव्यता अध्ययन गर्ने पनि उनले बताए ।
सेयर गर्नुहोस्