बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

टुडे संवादाता
२८ कार्तिक २०७७, शुक्रबार १६:५८

काठमाडौं/सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक बैठकको माग गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाउँदै आएका थिए तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न लिखित रुपमा माग गरेपछि प्रधानमन्त्री ओली आजको बैठक राख्ने सहमतिमा पुगेका हुन् ।

पार्टीभित्रको चर्को विवादपछि आज बसेको बैठकलाई चासोको रुपमा हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*