हेटौंडा /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १९ गते शुक्रवार बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत मोटरसाईकल ¥याली आयोजना गर्ने भएको छ ।
पाटीले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल तथा कार ¥याली गर्ने भएको हो ।
बुधबार बिहान राप्रपा अध्यक्ष कमल थापाले सामाजिक संजाल टुईटरमा राखेको दुई तस्विरमा हेटौंडा र झापामा मोटरसाईकल तथा कार ¥याली गर्न लागेको जनाएका छन् ।
— Kamal Thapa (@KTnepal) December 2, 2020
अध्यक्ष थापाले राखेको पहिलो तस्विरमा “मंसिर १९ गते हेटौंडा जाऔं राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गरौ,भ्रष्ट्रचार बेरोजगारी,धर्म परिर्वतन र बिकृतीका विरुद्ध बुलन्द आवाज उठाऔं । राप्रपा मकवानपुरद्वारा आयोजित बृहत मोटरसाईकल ¥यालीमा सहभागी बनौ ।” लेखिएको छ ।
यसैगरि दोस्रो तस्विरमा “मंसिर २० गते झापा जाऔं,४ दिन बाकी,राप्रपाद्वारा आयोजित राज संस्था तथा हिन्दु राष्ट्र पुन स्थापनाको निमित्त आयोजित बृहत मोटरसाईकल (कार) ¥यालीमा सहभागी बनौँ ।” लेखिएको छ ।
पछिल्लो समय राजावादी समूहहरुले देशको विभिन्न स्थानहरुमा राजा सहितको हिन्दुराष्ट्रको लागि ¥यालीहरु गरिरहेका छन् । उनिहरुले धर्म निरपेक्षता,संघियता, २०७२ सालको संविधान खारेज गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने नाराहरु लगाएका छन् ।