बाबुरामले गरे रामचन्द्र पौडेल पक्राउको विरोध, ‘राजावादीहरूलाई छुट गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तारी?’

टुडे संवादाता
१७ मंसिर २०७७, बुधबार १७:०५

काठमाडौं/जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउको विषयमा घटनाको विरोध जनाएका छन् ।
तनहुँमा स्थानीय प्रशासनले आकस्मिक कफ्र्यू लगाएर पौडेललाई पुल उद्घाटन गर्न रोक लगाएको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गृहजिल्लामा आफ्नै पालामा बनेको पुल उद्घाटन गर्न नेकपा निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले अवरोध गरेपछि स्थानीय प्रशासनको कफ्र्यूका बाबजुद पौडेल अघि बढेका थिए ।

पौडेल गिरफ्तारीपछि बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*