हेटौंडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष सन् २०२० को जेसीज सप्ताह अन्तर्गत बिहीबार हेटौंडा–१९ नेवारपानीमा रहेको अरनीको माविलाई सचेतना बोर्ड हस्तान्तरण गरिएको छ । राजमार्गको छेउमा विद्यालय रहेको र द्रुत गतिमा चल्ने सवारीका कारण दुर्घटना हुनसक्ने भएकोले राजमार्गमा राख्नका लागि सूचना बोर्ड हस्तान्तरण गरिएको हो । कार्यक्रम संयोजक लोक लामा मोक्तानको संयोजकत्व एवम् बस्तीपुर जेसीजका अध्यक्ष जयराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बस्तीपुर जेसीजका बोर्ड सल्लाहकार एवम् विद्यालयका पूर्व अध्यक्ष नारायणबहादुर थोकरको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि थोकरले आफू व्यवस्थापन समितिको अध्यक्ष हुँदा राजमार्गमा राखिएको काठको बोर्ड राखिएको जानकारी दिए । राजमार्ग छेउमा विद्यालय रहेकोले दुर्घटनाको सम्भवना समेत धेरै भएको भन्दै उनले यसतर्फ सबैले ध्यान दिनु आवश्यक रहेको औंल्याए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र रिजालले विद्यालय क्षेत्रमा राखिने सूचना बोर्डले दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास लिए । कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष सुवोध घलान, सदस्य नारायण मोक्तान, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेमबहादुर बल, विद्यालयका शिक्षक बिष्णु परियार, स्थानीय समाजसेवी चन्द्रबहादुर जिम्बा, सक्षम युवा क्लवका उपाध्यक्ष राजु लामा थोकर, बस्तीपुर जेसीजका प्रमुख अध्यक्ष सल्लाहकार ज्योतिराज लुइँटेल लगायतको आतिथ्यता थियो ।
यस्तै जेसीज सप्ताह अन्तर्गत नै बिहीबार मनहरी गाउँपालिका–५ माथिल्लो मसिनेमा रहेको सृजना प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रम संयोजक श्रीकृष्ण ढकालको संयोजकत्वमा भएको कार्यक्रममा वडा अध्यक्ष ध्रुव खड्काको प्रमुख आतिथ्यता रहेको थियो । आफ्नो वडाका विपन्न विद्यार्थीलाई जेसीजले सहयोग गरेको भन्दै उनले खुसी व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोकर्ण तितुङ, जेसीजका निवर्तमान अध्यक्ष सुनिल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जेसीज सप्ताहको बिषयमा मूल कार्यक्रम संयोजक रहेका कार्यकारिणी उपाध्यक्ष रबिन ढकालले जानकारी गराएका थिए ।
यस्तै विहीबार अनलाइनमार्फत जेसीज सदस्यहरुलाई कानूनी सचेतना कार्यक्रम भएको छ । कार्यक्रम संयोजक बसन्त बर्तौलाको संयोजकत्व एवम् बस्तीपुर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बार एशोसिएसन मकवानपुरका अध्यक्ष अधिवक्ता ऋषि केविले सहजीकरण गरेका थिए । शुक्रबार बिहान जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने अध्यक्ष जयराम सुवेदीले जानकारी दिए ।
अरनीको माविलाई बस्तीपुर जेसीज द्वारा सचेतना बोर्ड हस्तान्तरण
सेयर गर्नुहोस्