आजको सचिवालय बैठकले विवाद मिलाउन नसकेपछि दुई अध्यक्षको प्रतिवेदन स्थायी समितिमा लैजाने निर्णय गरेको थियो।
सो बारे प्रधानमन्त्री अोलीले सचिवालय बैठकमा असन्तुष्ट व्यक्त गरेका हुन। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’ को संज्ञा दिँदै ओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बैठकमा बताएका थिए।
प्रधानमन्त्रीले आजको बैठकको राखेको धारणा बारे एक सचिवालय सदस्यले भने‘ प्रधानमन्त्री ओलीले भोलि बैठक नबसौं, यी प्रतिवेदनमाथी छलफल पनि नगरौं भन्नु भएको थियो,’ सचिवालयका एक नेताले भने, ‘हामीले कमिटीमा प्रवेश गरेको प्रतिवेदनलाई छलफल गरेरै एउटा निष्कर्षमा पुग्नुपर्नेमै जोड गर्यौं, उहाँलाई एक किसिमको दबाब दिएरै निर्णय गर्यौं, अब स्थायी कमिटीमा बिस्तृत छलफल हुन्छ।’
ती नेताका अनुसार आजको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली आउने मुडमा थिएनन्।
नेकपाको स्थायी समिति बैठक आइतबार पार्टी कार्यालय धुम्बाराहीमा दिउसो १ बजेका लागि बोलाइएको छ।