काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेगरी मुल्य वृद्धि गरेको छ । नया मूल्य अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्यमा वृद्धि भएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
सेयर गर्नुहोस्