हेटौँडामा सरकार विरुद्ध नेपाली कांग्रेस प्रदर्शन (फोटो फिचर)

हेटौडा टुडे
२९ मंसिर २०७७, सोमबार १६:३६

हेटौँडा/सरकार विरुद्ध नेपाली कांग्रेसले सोमबार (आज) देशभर प्रदर्शन गरेको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै बागमती प्रदेशको राजधानी हेटौँडामा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।
हेटौंडा छिर्ने मुख्य द्वार सानोपोखरा चोक, चौकीटोल, जिल्ला प्रहरी कार्यालय अघि र फरेष्टी गेट बाट एकसाथ ¥याली निकाली प्रदर्शन सुरु भएको थियो ।
प्रदर्शन बुद्धचोकमा आएर सभामा परिणत भएको थियो । सो कोणसभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नु भएको थियो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको बताउनु भयो ।

हेर्नुहोस यी तस्बिरहरु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*