मकवानपुर /मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पेट पाल्न गाँजा बोक्दा कारागार पुगेका ५ सय कैदीबन्दीलाई रिहा गर्नुपर्ने बताएका छन् ।उनले बुधबार बिहान आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले पेट पाल्नका लागि गाँजा बोग्दा भीमफेदी कारागारमा पुगेका झन्डै ५ सय कैदीबन्दीलाई रिहा गर्नुपर्ने बताएका छन् ।उनले गाँजा बोक्ने कैदीबन्दीलाई रिहा गरेर अख्तियारमा उजुरी परेका सबैको फाईल अध्ययन गरेर ठुला दोषीलाई जेल हालेर भीमफेदी कारागार भर्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, “पेट पाल्न गाँजा बोग्दा भीमफेदी कारागारमा रहेका झन्डै ५०० कैदीबन्दी रिहा गरौं। वाईडवडी, ललिता निवास ,जनमुक्ति सेना काण्ड, ७० करोड, एनसेल र अख्तियारमा उजुरी परेका सबैको केस्रा केस्रा फाईल अध्ययन गरौं ठुला दोशी माछाले जेल भरौं ।”
सेयर गर्नुहोस्