
काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको निर्णय असंवैधानिक र अवैधानिक भएको बताएको छ ।
लोकान्तरसँग कुरा गर्दै राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले संसद् विघटनको निर्णय अवैधानिक भएको बताएका हुन् ।
‘यो निर्णय असंवैधानिक र अवैध छ, नेपाल कम्युनिष्ट पार्टी फुटेको छैन । बहुमत हुँदाहुँदै संसद् विघटन गर्न मिल्दैन,’ वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीले भने ।
कुनै पनि पार्टीको बहुमत नभएको अवस्थामा मात्र चुनाव जान संसद् विघटन गर्न मिल्ने उनको भनाइ छ ।
आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।


सेयर गर्नुहोस्