प्रचण्ड-नेपाल पक्षका मन्त्रीहरुको सामुहिक राजीनामाको तयारी !

टुडे संवादाता
५ पुष २०७७, आईतवार १५:३६

काठमाडौँ /प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिश गरेपछि केहि मन्त्रीहरुले सामुहिक राजीनामा गर्ने तयारी गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहका मन्त्रीहरुले सामुहिक राजीनामाका लागि छलफल थालेको स्रोतले बताएको छ ।

राजीनामाको तयारी गरेका मन्त्रीहरुमा उर्जामन्त्री बर्षामान पुन, वनमन्त्री शक्ति बस्ने, खानेपानी बीना मगर, शिक्षामन्त्री गिरीराज मणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसाल लगायत रहेका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय सुनाएपछि प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाल, बर्षामान पुन, रामबहादुर थापा लगायतले विरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*