काठमाडौं /सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा कानून व्यवसायीहरुले रिट दायर गरेका छन् ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् । सोमबार दिउँसोसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ८ वटा रिट परिसकेको छ ।
सर्वोच्च प्रशासनले अहिले प्राप्त रिटहरुमाथि अध्ययन गरिरहेको प्रतिक्रिया दिएको छ । कानून व्यवसायीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च पुगेका हुन् ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्धमा उनीहरुले यस्तो तयारी गरेका हुन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका हुन् ।