हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा ससदीय दलका उपनेता शालिकराम जम्मकट्टेलको नेतृत्वमा आज विहान ११ः२५ मा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
मन्त्री जमकट्टेलले ४५ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समुहका तिन जना मन्त्रीले मुख्यमन्त्री पौडेल विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएको जनाइएको छ । यसैबीच जम्कट्टेल, युवराज दुलाल र अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यो पनि हेर्नुहोस,

सेयर गर्नुहोस्














