बागमती प्रदेश : अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताब

टुडे संवादाता
१० पुष २०७७, शुक्रबार १३:२४

हेटौँडा /बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताब दर्ता भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा ससदीय दलका उपनेता शालिकराम जम्मकट्टेलको नेतृत्वमा आज विहान ११ः२५ मा अविश्वासको प्रस्ताब दर्ता भएको हो । अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रचण्ड माधव नेपालका समुहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताब गरेको छ ।
नेकपाको विभाजन पुर्व नेकपा बागमती प्रदेशकी इन्चार्ज समेत रहेकी शाक्यलाई संसदीय दलको नेता सहित मुख्यमन्त्रीको लागि प्रस्ताब गर्दै आज बागमती प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश भएको सांसद सालिकराम जम्कट्टेलले बताउनुभयो ।

अविश्वासको प्रस्तावको प्रक्रियालाई चाँडै छिनोफानोमा पुराउनको लागि आफुहरुले सभामुखलाई समेत भनिसकेको भन्दै उनले प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न नसक्ने दाबी गरे । मुख्यमन्त्री डोरमणी पौडेलले विश्वासको मत प्राप्त गर्ने कुनै आधारनै नभएको भन्दै उनले अब बागमती प्रदेशको मुख्यमन्त्री शाक्य हुने निश्चित रहेको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*