राप्रपा मकवानपुरले आज ज्ञापन पत्र बुझाउने

हेटौंडा टुडे
१२ पुष २०७७, आईतवार १२:५६

हेटौंडा /राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै राप्रपा मकवानपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष आज ज्ञापन पत्र बुझाउने भएको छ ।

राप्रपा मकवानपुरले हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाको माग सहित प्रधानमन्त्री केपीे शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै संसद पुर्नस्थापनाको माग गरेको छ ।

जिल्ला पार्टी कार्यालयबाट राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने र केन्द्रीय सदस्य मधु अधिकारीको अगुवाइमा निस्कने र्यालीले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*