हेटौंडा/आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३० जना प्रदेश सभा सदस्यलाई स्पष्टिकरण माग गरेका छन् ।
उनीहरूलाई आफ्नै पार्टीको सरकारबिरूद्ध अविश्वासको प्रस्ताव गरेको, दलका नेतालाई दलको विधान अनुसार सहयोग गर्नुपर्ने कर्तव्य पूरा नगरेको, पार्टी हित विपरित कार्य गरेको जस्ता विषय उल्लेख गर्दै स्पष्टीकरण माग गरेका हुन् ।
मूख्यमन्त्री पौडेलविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा ४५ सांसदले हस्ताक्षर गरेका थिए ।
उनले नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट बर्खास्त गरेका छन् ।
प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा प्रस्तावक बनेका जम्कट्टेल र हस्ताक्षर गरेका माझीलाई मूख्यमन्त्री पदबाट हटाइएको हो । हटाइएका दुबै प्रचण्ड–नेपाल पक्षका हुन् ।