
हेटौंडा/ओली निकट नेकपा मकवानपुरले मोर्चा संगठनहरुको संयुक्त आयोजनामा बिहीबार हेटौंडामा कार्यकर्ता भेला गर्ने बताएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा युवासंघका केन्द्रीय सहसंयोजक रमेश पौडेलको सहभागिता रहनेछ । नेकपा सम्बद्ध युवा संघ, अनेम संघ, अनेरास्ववीयु, खेलकुद महासंघ मजदुर संगठन र किसान संगठनको संयुक्त आब्हानमा भेला आयोजना गरिएको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । सबै संगठनका अध्यक्षहरुको सामूहीक बैठकले भेला आयोजना गर्ने निर्णय गरेको हुँदा भेलामा सहभागीताका लागि अनुरोध गरिएको चौलागाईले बताउनुभयो । कार्यक्रम भोलि बिहिबार क्लब हेटौँडामा विहान ११ वजेबाट भेला सुरु हुने नेकपा मकवानपुरका युवा नेता शिबहरी दहालले हेटौंडा टुडेलाई जानकारी दिनुभयो । नेता दाहालले प्रधानमन्त्री केपि शर्मा ओलि ले नेतृत्व गरेको नेकपा नै नेकपाको मुलधार भएकाले राजनैतिक स्थिरता, लोकतन्त्र, जनमत र पार्टी एकताको पक्षमा अभिमत जाहेर गर्न सबैलाइ आग्रह गरेका छन । दाहालले गुटबन्दी र अराजकताको विरुद्धको अभियानमा साथ दिन समेत अनुरोध गरेका छन ।

