बागमती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते

टुडे संवादाता
१७ पुष २०७७, शुक्रबार १३:०२

हेटौंडा/बागमती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रवार बसेको मन्त्री परिषद बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजेका लागि बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

बागमती प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
माघ ७ गतेबाट प्रदेश सभा बैठक सञ्चालन भएपछि अविश्वासको प्रस्तावक सांसद शालिकराम जम्कट्टेलले सभामा प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेमा पदमुक्त हुनेछन् भने विश्वासको मत लिन सकेमा मुख्यमन्त्री कायम नै हुनेछन् ।

बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंङ्गेलको उपस्थिति रहेको छ । प्रदेशका ३ जना मन्त्रीहरुले सामुहिक राजीनिमा दिएपछि हाल सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री बिहीन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*