
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एबम् सरकारका उपप्रधानमन्त्री ईश्वर पोख्रेल हेटौंडा आउने भएका छन् ।ओलि निकट नेकपा मकवानपुरको आयोजनामा हुन लागेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोख्रेल पुस २५ गते (भोली) हेटौंडा आउन लागेका हुन् ।कार्यक्रममा नेता पोख्रेलसहित नेकपा बागमती प्रदेश सहईन्चार्ज तथा केन्द्रिय सदस्य काशीनाथ अधिकारी, केन्द्रिय सदस्य एबम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने बताईएको छ ।कार्यक्रम भोली बिहान ११ बजे देखी रोयल पार्टी प्यालेस हेटौडामा सुरु हुने बताईएको छ ।



सेयर गर्नुहोस्