प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध एकजुट बनौं-संसद पुलामी

टुडे संवादाता
२५ पुष २०७७, शनिबार १२:२३

हेटौंडा /नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) इन्द्रसरोबर गाउपालिकाको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा मकवानपुर सचिब प्रेम बहादुर पुलामिले प्रधानमन्त्रीले चाल्नुभएको असंवैधानिक कदमको बिरुद्ध एकजुट भइ संघर्षमा जुट्न कार्यकर्ताहरुलाइ आग्रह गर्नुभएको छ ।

पुलामिले केपि ओलिमा सन्काहा प्रबृत्ति हावि भएको ले उहाको पतन निश्चित भएकोले बताउनु भयो ।

कार्यक्रममा नेकपा मकवानपुर जिल्ला सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख बद्री लम्सालले प्रधानमन्त्रीको असंवैधानिक कदम पश्चात् केहि ब्यक्ति पलायन हुन खोजेको बताउनु भयो ।

आधिकारिक नेकपा प्रचण्ड नेपाल ले नेतृत्व गरेको पार्टि नै भएकोले कसैलाइ भ्रममा नपर्न समेत अनुरोध गर्नु भयो । नेकपा इन्द्रसरोबर गाउ कमिटि अध्यक्ष ऋषिराम पुडासैनीको अध्यक्षतामा भएको बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य तथा इन्द्रसरोब गाउपालिका इन्चार्ज रामचन्द्र बल, जिल्ला सदस्य तथा सह इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य जीवन लामा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम इन्द्रसरोबर गाउ कमिटि सचिब बिर्जु पदम लामाले संचालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*