
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिमफेदि गाउँ कमिटीको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको कम्युनिस्ट आन्दोलनलाइ आफुसङै समाप्त गर्न खोज्नुभएको बताउनुभयो ।
खतिवडाले आफ्नो स्वार्थको लागि प्रधानमन्त्रीले संबिधानलाइ कुल्चेर मुलुकलाइ गुटबन्दिको शिकार बनाएको बताउनु भयो ।
नेकपा भिमफेदि गाउँ कमिटि सचिब दिपक लामाको अध्यक्षतामा भएको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर सह इन्चार्ज कुमारि मोक्तानको बिशिस्ट आतिथ्यता रहेको थियो ।
बैठकमा मकवानपुर जिल्ला सचिब प्रेम बहादुर पुलामि, कार्यलय सदस्य प्रमिला पुलामि, जिल्ला सचिवालय सदस्य तथा भिमफेदि गाउपालिका इन्चार्ज बद्री बहादुर स्याङ्दान, जिल्ला सचिवालय सदस्य भगवति पुडासैनी, रामचन्द्र बल, लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
बक्ताहरुले प्रधानमन्त्रीले पद र सत्ताको दुरुपयोग गरि संबिधानमै नभएको काम गरि जनतामा भ्रम छर्नु भएकोले अब सत्य र न्यायको पक्षमा लाग्न कार्यकर्ताहरुमा अनुरोध गर्नुभयो ।
बैठकमा जिल्ला सदस्य अप्सरा लोप्चन, जिल्ला आमन्त्रित सदस्य मदन बर्तौला, रन्जित राणा, मानबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।
बिस्तारित बैठकको संचालन नेकपा भिमफेदि गाउ कमिटि सदस्य प्रकाश पुडासैनी ले गर्नुभएको थियो ।

