हेटौंडामा जेष्ठ नागरिकको स्वास्थ सेवा बारे नीति तथा सम्वाद कार्यक्रम

हेटौडा टुडे
२६ पुष २०७७, आईतवार १६:२०

हेटौंडा । जेष्ठ नागरिकको स्वास्थ सेवा बारे नीति संवाद कार्यक्रम आईतवार हेटौडामा भएको छ ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका सचिव दिपक काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै सचिव काफ्लेले सरकारले जेष्ठ नागरिकको स्वास्थ तथा सामाजिक बिकासका लागि विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।उहाले बालबालिकालाई जस्तै जेष्ठ नागरिकलाई समेत माया र हेरचाह गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ सेवा बिभाग नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा , बागमती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारी ,हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास माहाशाखा प्रमुख भिम तिमल्सिना , ओम बृद्ध आश्रम हेटौडाका अध्यक्ष बुद्धि प्रसाद पौडेल लगाएतकाको उपस्थिती थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*