हेटौंडा/लाईन्स क्लब हेटौंडाले बुधवार हाम्रो घर बाल गृहलाई खाध्यान्न सामग्री वितरण गरेको छ । लाईन्स क्लब ईन्नटरनेशनलका संस्थापक मेलभिन जोनको जन्म जयन्तिको अवसरमा सप्ताहब्यापि कार्यक्रम अन्तर्गत बुधवार पहिलो दिन एक कार्यक्रमका बिच हाम्रो घर बालगृहलाई खाध्यन्न वितरण गरिएको हो ।
लाईन्स क्लब हेटौंडाका अध्यक्ष लायन राजु नेपालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा एमजेएफ लायन राम श्रेष्ठ रहेको थियो ।
करिब ३० जना बालबालिका आश्रृत बाल गृहमा आजको दिन सम्म सहयोग मन र सहयोगि हात हरुले यी बालबालिकाको मुहारमा खुसि आएको बालगृहका संञ्चालिका ईन्दिरा न्यौपानेले बताउनुभयो ।
सामजसेवी र यस कार्यक्रमका कार्यक्रम संयोज एमजेएफ लायन हरिवंश भेटवाल बालगृका मुटु रोगी बालिकालाई निशुल्क उपचार गराउने प्रतिबद्धता गर्नुभएको छ । आमाबुबा बिहीन,टुहुरा बलाबालिकालाई हिजोका दिनमा पनि सहयोग गर्दै आएको हुनाले बालगृहमा आश्रीत बालिकालाई पनि निशुल्क सहयोग गर्ने बताउनुभएको छ ।
क्लबका अध्यक्ष लाईन्स राजु नेपालका अनुसार क्लब भित्रका सदस्यहरुबाट आफुले जे जति सक्दो रकम उठाएर करीब ४० हजार बराबरको खाध्यान्न सामग्री वितरण गरीएको बताएका छन् ।
भोलिका कर्णधार यी बालबालिकाको मुहारमा खुसि ल्याउन जस्तो सुकै परिरस्थितीमा पनि सहयोग गर्न पछि नहट्ने प्रमुख अतिथि एमजेएफ लायन राम श्रेष्ठले बताउनुभयो ।
खाध्यन्न बितरण कार्यक्रममा लायन विश्वराज सिग्देल ,लायन कुल प्रसाद चौलागाँई ,लायन सुकुन्द प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।