माघे संक्रान्तिले आपसी एकता र सद्‌भाव अभिवृद्धि होस- राष्ट्रपति भण्डारी

टुडे संवाददाता
१ माघ २०७७, बिहीबार ०६:४५

माघे संक्रान्तिका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले  नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघीले मुलुकको एकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

उनले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*