
चितवन/पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नम्बरको मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं।को मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिनुभयो ।
बिहान करिब ९ बजेतिर योदुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका यी २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।।


सेयर गर्नुहोस्