सभामुखको स्पष्टोक्ति : दलहरुबीच सहमति, सहकार्य र एकताको वातावरण बन्न नसक्दा यस्तो परिस्थिति आएको

टुडे संवादाता
७ फाल्गुन २०७७, शुक्रबार १८:४६

हेटौंडा/बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविस्वास प्रस्तावका कारण प्रदेश सभाको बैठक स्थगित नगरेको बताउनुभएको छ ।

शुक्रबार प्रदेशसभा सचिवालयमा पत्रकार सममेलन गर्दै सभामुख श्रेष्ठले अविस्वासको प्रस्ताव दर्ता सम्बन्धी कार्यविधि मस्यौदा समितिले प्रतिवेदन नबुझाएको कारण मतदान प्रक्रियामा जान नसक्ने भएकोले प्रदेश सभाको बैठक बारम्बार स्थगित गर्नुपरेको बताउनुभयो ।उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आफ्नो आधिकारीक धारणा नआएको र समय माग गरेका कारण बैठक स्थगित गर्नुपरेको स्पष्ट पार्नुभयो ।

सभामुख श्रेष्ठ आफु कुनै पनि पार्टीको कार्यकर्ता नभएको तथा स्वतन्त्र भएको भन्दै दलहरुबीच सहमति, सहकार्य र एकताको वातावरण बन्न नसक्दा यस्तो परिस्थिति आएको सभामुख श्रेष्ठको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*