चलचित्र पत्रकारको १२ औं साधारणसभा सम्पन्न , संस्थापकलाई सम्मान

टुडे संवादाता
२२ फाल्गुन २०७७, शनिबार २०:०२

हेटौंडा/चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२ बार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार हेटौंडा–१७ सालकपार्कमा भएको साधारण सभामा चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता र नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यता भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी,चलचित्र पत्रकार संघ नेपाल संगठन उपाध्यक्ष कुवेर डङ्गोल,पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर,पत्रकार महासंघ मकवानपुर पुर्व अध्यक्ष राममणि दाहाल,भानुभक्त आचार्य,पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई,मकवानपुरका चलचित्र निर्देशक गोविन्द गौतम,चलचित्र निर्देशक रमेश राई,चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी पोष्टराज, बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, फोटो पत्रकार बागमती प्रदेश उपाध्यक्ष सुदिप शिवाकोटी, जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, कामधुने बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अर्जुनप्रसाद दाहाल, प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल, पत्रकार महासंघ मकवानपुर सचिव गणेश दर्पण अधिकारी, प्रेस संगठन मकवानपुरका संयोजक अञ्जली थापा,  चलचित्र कलाकार सुशान्त श्रेष्ठ,अमिर गौतम ,  मकवानपुरका अग्रज पत्रकारहरु, लगायत मकवानपुरका कार्यरत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

सभामा महासंघ केन्द्रीय महासचिव बिष्टले मुलुकमा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम रहनुपर्ने बताए । महासचिव बिष्टले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पुयाउने कुनै गतिविधि हुन नहुने धारणा व्यक्त गरे । मुलुकमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई उनले अपिल गरेका छन् । चलचित्र पत्रकार संघ नेपाल संगठन उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर चलचित्र छायांकनका लागि उपयुक्त भएको बताउँदै चलचित्र छायांकनबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्न सुझाव दिएका थिए ।

साधारण सभामा संघ स्थापनाका संस्थापक कार्यसमिति अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष सुनिता शर्मा लुईटेल, कोषाध्यक्ष सुधिरभद्र श्रेष्ठ, सह सचिव बालकृष्ण अधिकारी, सदस्यहरुमा रामशरण दुलाल, सुजन विडारी, कपिल खड्का, श्रद्धा ढुङ्गानालाई कदरपत्रले सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*