आज महाशिवरात्री, हेटौंडाको पशुपति मन्दिर सहित देशभरका शिवालयमा भक्तजनको घुईचो

हेटौंडा टुडे
२७ फाल्गुन २०७७, बिहीबार ०७:००

हेटौंडा/आज महाशिवरात्री, भगवान महादेवको पूजा आराधनागरि देशभर यो पर्ब मनाईदै छ। आज काठमाडौंमा रहेको पशुपतिनाथ लगाएत हेटौंडामा रहेको पशुपति मन्दिर र देशैभरीका शिवालयहरूमा महाशिवरात्री पर्वको भव्य रुपमा मनाईदै छ । हेटौंडामा रहेको पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको लागि आज बिहानै देखि भक्तजनहरुको धुईचो लागेको छ ।

आजको दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*