ब्यबसायीको हक हितका लागी काम गर्छु : वाणिज्य तर्फका सदस्य पदका उम्मेद्धवार अधिकारी

हेटौडा टुडे
२९ फाल्गुन २०७७, शनिबार १६:१४

हेटौडा ।  उद्योग वाणिज्य संघ मकवानपुरको ५४ औं वार्षिक साधारण सभामा चैत्र २१, २२ र २३ गते हुने निर्वाचनमा वाणिज्य तर्फका सदस्य पदका लागी काब्यमणी अधिकारीले उम्मेद्ववार दिनु भएको छ । संघका वर्तमान सचिव तथा प्रबक्ता समेत रहनुभएका अधिकारीले आगामी निर्वाचनका लागी वाणिज्य तर्फको सदस्य पदमा उम्मेद्धवारी घोषणा गराउनुभएको हो ।

विगत २१ वर्ष देखी खाद्यान्न ब्यबसायमा सक्रिय रहनुभएका अधिकारील २०५२ सालमा उद्योग वाणिज्य संघ मकवानपुरको साधारण सदस्यता प्राप्त गरेका थिए । २०६५ सालमा सदस्य बाट कार्य समितिमा प्रवेश गरेका अधिकारीले दुई कार्यकाल सदस्य पदमा रही मकवानपुर उद्योग वाणिज्य संघ र आम ब्यबसायीहरुको हक हितमा काम गरेका छन् । मणि खाद्यान्न सेन्टरका प्रोपाईटर अधिकारी मकवानपुर उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको सचिव तथा प्रवक्ताको जिम्मेवारीमा छन् ।

गत वर्षकोभिडका कारण बन्द भएको व्यवसाय तथा उद्योग संञ्चालन गराउन अधिकारीले समन्वय गर्न मद्धत गरेका थिए । उनले व्यवसाय सबल भए मात्र उद्योग वाणिज्य संघ बलियो हुने भन्दै आफुले सबै भन्दा पहिले ब्यबसायीको हक हितमा काम गरेको बताए । आगामी चैत्र २३ गते हुने निर्वाचनमा ब्यबसायहिरुको साथ लिएर अघि बढ्ने उनले बताए । निरन्तर व्यवसायीहरुको हक हितमा खटिएको भन्दै अधिकारीले आम व्यवसायीहरुको विश्वास र साथ लिएर अघि बढ्ने  हेटौडा टुडेलाई बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*