एपीएफलाई पराजित गदै थ्रीस्टार सेमिफाइनलमा

टुडे संवादाता
१९ चैत्र २०७७, बिहीबार १९:१६

हेटौंडा/मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपमा थ्रीस्टार युवा क्लब ललितपुर सेमिफाइनल पुगेको छ । आज बिहिवार १९ गते भएको खेलमा थ्रीस्टारले २-० गोल अन्तरले एपीएफ युवा क्लब काठमाडौलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

जनता माविको खेल मैदानमा भएको पहिलो हाफ बराबरी भएको थियो । खेलमा दोस्रो हाफमा थ्री स्टार ललितपुरका जर्सी नम्बर १७ का रितिक खड्काले दिएको पासमा जर्सि नम्बर ७ का दिपेश घलेले खेलको ४० औँ गोल गरेका थिए । एपीएफ युवा क्लबको तर्फबाट क्याप्टेन रुपेश केसिले गरेको प्रहारलाई थ्रीस्टारका गोल रक्षक पुर्ण चेमजोेङले बचाएका थिए । एपिएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन् ।
लगतै खेलका ४२ औं मिनेटमा पुनः दिपेशले अर्को गोल गर्दै २ः० मा सिमित राखे । दिपेशको गोल नै थ्रीस्टारको लागि निर्णायक गोल बन्न पुग्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टार क्लबकाम दिपेश घले म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिता अन्तरगत २० गते शुक्रबार जावलाखेल युथ क्लब ललितपुर र अफ्रिकन रुट एसोसिएसन ,क्यामरुन बीच पहिलो सेमिफाइनलको खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १० र १० हजार, म्यान अफ दि म्याचलाई प्रति खेलाडी ५र५ हजार प्रदान गरिने छ ।

तेस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*