हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको त्रिवेणीधाम जानेबाटोमा रहेको उपमहानगरपालिकाको डम्पिङ साईडमा अस्थब्यस्थत तरीकाले सडकमा अस्रल्ल फालिएका फोहोरका कारण सो क्षेत्रमा दुर्गन्ध फैलिदै गएको छ ।
विशेषगरी सो क्षेत्रबाट धार्मिक तथा पर्यटकीय स्थल त्रिवेणी धाम अवलोकनका लागी दैनिकजसो सयौंको सङख्यामा पर्यटक आउने गर्छन् । हेटौंडाको राप्तिपुलबाट दक्षिण तर्फ रहेको उक्त पर्यटकीय स्थल तर्फजाने बाटोमा रहेको डम्पिङ साईडको वरिपरि सडकमा अस्रल्ल फालिएका फोहोरका कारण दुर्गन्ध फैलिएको हो ।
धार्मिक स्थलमा जाने भक्तजनहरु बाटोमा अस्रल्ल फालिएका फोहोर देखेर दिक्क मान्ने गरेका छन् । धार्मिक आस्थाको पर्यटकीय गन्तब्यको रुपमा चिनिदै आएको त्रिवेणीधाम जाने बाटोको दुर्दशा देखेर भक्तजन तथा पर्यटकहरुले चिन्ता ब्यक्त गरेका छन् । आन्तरिक तथा बाहिरी जिल्लाबाट आउने पर्यटकहरुले बाटोमा फालिएको फहोरका कारण निकै सास्ति ब्यहोर्नुपरेको गुनासो गर्ने गरेको कुष्माण्ड सरोबर त्रिवेणीधाम बिकास समितिका अध्यक्ष ईश्वरी न्यौपानेले हेटौंडा टुडेलाई बताए ।
फोहोर ब्यबस्थापनकालागी पटक पटक उपमहानगरपालिका तथा वडा कार्यालयमा लिखित निवेदन दिएपनि सम्बन्धित निकायले आफुहरुको समस्यामा कुनै चासो नदेखाएको अध्यक्ष न्यौपानेले गुनासो गरेका छन् । उपमहानगरपालिकाकाले फोहोर ब्यबस्थापन गर्न ग्रिन एण्ड क्लििन सिटि सर्भिसेज प्रालि संग सहकार्य गर्दे आएको छ । उपमहानगरभित्र संकलन गरीएका फेहोरहरु हेटौंडा १० स्थित राप्तिपुलबाट दक्षिण तर्फ डम्पिङ साईडमा ब्यबस्थापन गर्ने गरीएको छ । तर अहिले सडकमै अस्थब्स्थ रुपमा फोहोर फालिएको छ । ग्रिन एण्ड क्लििन सिटि सर्भिसेज प्रालिका संञ्चालक नवराज खतिवडाले बाटोमा फालिएको फाहोर आफुहरुले नभई मानिसहरुले नै फालेको बताएका छन् । सो क्षेत्रको फोहोर ब्यबस्थापनमा आफुहरु लागिपरेको भन्दै एकसाता भित्र सडकमा फालिएका फोहोर ब्यबस्थापन गर्ने संञ्चालक खतिवडाले बताए । छरपष्ट रुपमा छरिएका फोहोरका पोकाहरु , प्लाष्टिक र पानिका बोतलले दुर्गन्धीत बनाईरहेको सो क्षेत्रबाट स्थानिय तथा पर्यटक गरी दैनिक सयौं मानिसहरु आवतजावत गर्ने गर्छन ।
सुन्दर नगरीका रुपमा परिचत हेटौंडा उपमहानगरपालिकाको प्रमुख पर्यटकीय गन्तब्य प्रवेश गर्ने बाटौमै छरपष्ट फोहोर फालिएको देख्दा उपमहानगरपालिकाले तत्काल फोहोर ब्यबस्थापनगरी दिर्घकालिन रणनिती बनाउन आबश्यक देखिन्छ ।