बागमाती प्रदेश सभाको बैठक अनिश्चितकालकालागी स्थगित

हेटौंडा टुडे
२ बैशाख २०७८, बिहीबार १८:२४

हेटौंडा /  बागमाती प्रदेश सभाको बैठक अनिश्चितकालकालागी स्थगित भएको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश सरकारले राष्ट्रिय सरोकारका विषय, प्रदेश सरकारले बिना कार्यविधि, मापदण्ड र पूर्वाधार नै नबनाई विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाइ मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेका थिए ।

बिहिबार बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अवरोध गरेपछि बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । सांसदहरुले संसदमा उठेर अवरोध खडा गरेपछि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*