हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेकोे हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
शुक्रवार विहान क्याम्पसकोे पुरुष शौचालय भित्र बाकस जस्तो देखिने तार निस्कीएको शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले बताए ।
सेनाको डिस्पोजल टोली केहि समयमै आइपुगेपछि उक्त बस्तु बम भए नभएको थाहा हुने प्रबक्ता रिमालले बताए ।
घटनास्थलमा अहिले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको टोली पुगेको छ ।
सेयर गर्नुहोस्


















