
हेटौंडा / महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री जुली कुमारी महत्तोले सामाजिक संघसंस्थामा रहेका बिकृतीहरुको अन्त्य गर्दे अघि बढ्ने बताउनुभएको छ ।
आज आईतबार हेटौंडामा आयोजित सामाजिक रुपान्तरणमा संघ संस्थाको भुमिका विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै मन्त्री महत्तोले सामाजिक संघसंस्थामा रहेका बिकृतीहरुको अन्त्य गर्दे अघि बढ्ने बताउनुभएको हो ।उहाँले समाज कल्याण परिषदमा दर्ता भएर पनि अधिकाशं संघ संस्थाहरु निष्कृय रहेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । समाज कल्याण परिषदको अध्यक्ष समेत रहनुभएकी मन्त्री महत्तोले सामाजिक संघ संस्थाहरु तथा गैर सरकारी संस्थाहरुले सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरबका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
उहाँले दिगो बिकासको अवधारणलाई सफल बनाउन तथा सुखी नेपाली समृद्ध नेपाललको नारालाई समृद्ध तुल्याउन आगामी वर्षको निति कार्यक्रममा सामाजिक क्षेत्रलाई सरकारले विषेश महत्वका साथ अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।समाज कल्याण परिषद नेपालको आयोजनामा भएको कार्यक्रमलाई गैरसरकारी संस्था महासंघ बागमती प्रदेशले संयोजन गरेको थियो ।

