
हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ खरङ्गामा मालबाहक ट्रक र मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही दिसाबाट ओभरटेक गर्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका हुन ।
अहिले घटनास्थलमा प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको टोली पुगेको र एक तर्फी अवरुद्ध बनेको राजमार्ग खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मृतक र घाइतेको पहिचान हुन नसकेको र ट्रक तथा चालक प्रहरी नियन्त्रण रहेको र मोटरसाइकलका घाइतेको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।


सेयर गर्नुहोस्