हेटौंडामा कोरोना संङक्रमण बढ्दै उपमहानगरका अधिकाशं विद्यालयमा परिक्षा संञ्चालन

हेटौंडा टुडे
८ बैशाख २०७८, बुधबार १७:००

हेटौंडा/कोरोना भाईरसको संङक्रमण बढेपनि हेटोंडा उपमहानगरपालिकाका अधिकाशं विद्यालयमा वार्षिक परिक्षा संञ्चालन भईरहेका छन् ।
बालबालिकामा कारोनाको उच्च जोखिम हुनसक्ने भन्दै सरकारले हेटौंडा सहित देशभरका सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि हेटौंडा उपमहानगरपालिकाका अधिकाशं विद्यालयहरुले भने बार्षिक परिक्षा संञ्चालन गरीरहेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा ६४ वटा निजि र ७७ वटा सामुदायीक विद्यालयहरु रहेका छन् । तत्कालै विद्यालय बन्द गर्दा शैक्षिकशत्रमा असर पर्ने भन्दै स्वास्थ मापदण्ड अपनाएर परिक्षा संञ्चालन गरीएको हेटौंडा –२ मा रहेको शिद्धार्थ माबिका प्रधानाध्यापक मोहन प्रसाद शर्माले बताए ।

संङक्रमणको अवस्थालाई मध्यनजर गर्दे स्वास्थ मापदण्डको पालना गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन बमोजिम परिक्षा संञ्चालन गरीएका उनले बताए ।

मकवानपुर जिल्लामा समेत दिन प्रति दिन कोरोना संङक्रमण दर बढ्दै गएको देखिन्छ भने बुधबार मात्र हेटौंडा उपमहानगरपालिकामा एक जनाको कोरोना कै कारण मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालयहरुको पुर्व निर्धारित परिक्षा स्वास्थ मापदण्ड अपनाएर संञ्चालन गर्न अनुमति दिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

जिल्लाका बाँकी ९ वटा स्थानिय तहलाई कोरोना जोखिमको विश्लेशण गरी विद्यालय संञ्चालन गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी पाण्डेले विद्यालयमा परिक्षा संञ्चालन गर्दा स्वास्थ मापदण्ड पालना गरे नगरेको अनुगमन समेत गरीएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*