मक्रान्चुलिमा स्ल्याब ढलान निमार्ण कार्य सुरु 

हेटौंडा टुडे
८ बैशाख २०७८, बुधबार १७:२२

हेटौंडा/ मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ मा सडक निर्माणको काम  बुधबार (आज)बाट सुरु भएको छ ।
मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ भानु मिनि पिच फुटसल देखी गाँउपालिकाको कार्यालय नजिकै सम्म स्ल्याब ढलान गर्न आज बाट जमिन सम्याउने काम सुरु गरीएको हो ।

बागमती प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयको बजेटबाट ८ सय ३० मिटर सडकमा स्ल्याब ढलान गर्न लागीएको छ । ए.एस.सी कन्सट्रक्शन तथा मल्टीप्रपोज प्रा.लि ले स्ल्याब ढलानको जिम्मा पाएको छ । मन्त्रालय संग ८७ लाख रुपैंयामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरीएको ए.एस.सी कन्सट्रक्शन तथा मल्टीप्रपोज प्रा.लि का संञ्चालक चन्द्र कुमार राईले बताए ।

बैशाख १२ गतेबाट सडकमा स्ल्याब ढलान कार्य सुरु गरी आगामी बैशाख मसान्त सम्म सडकको स्ल्याब ढलान सम्पन्न गरीने संञ्चालक राईको भनाई छ । गाँउपालिका प्रवेश गर्ने मुख्य सडकमा स्लयाब ढलान गर्न लागिएकोले सडक निर्माण सम्पन्न नभएसम्म गाँउपालिकामा बैकल्पिक मार्गबाट आवतजावत गर्नुपर्ने समेत निर्माण कम्पनिले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*