चितवनमा भोलिदेखि १५ दिन निषेधाज्ञा

हेटौंडा टुडे
१५ बैशाख २०७८, बुधबार १७:११

चितवन/चितवनमा भोलि (बिहीबार)देखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को आज बसेको बैठकले बिहीबार राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भोलिदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लागु हुने जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि डीसीसीएमसीले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*