
हेटौंडा/हेटौंडा उप-महानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडा स्थित क्याम्पाचौरमा सकेट बम फेला परेको छ।
सोमवार (आज) निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा अन्दाजी ६ इन्च लामो उक्त बम खियाँ लागेको अवस्थामा फेला परेको हो ।
अहिले सो स्थानमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट सहितको टोली पुगिसकेको जनाइएको छ। चौरमा माटो सम्याउने क्रममा उक्त बम भेटिएपछि पिप्ले क्लबका प्रतिनिधिले वडा प्रहरीलाई खबर गरेका थिए।अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आइसकेको र डिस्पोज गर्ने तयारी भईरहेको मकवानपुर प्रहरीले जनाएको छ। तस्बिर सौजन्य:प्रष्ट खबर डटकमबाट


सेयर गर्नुहोस्