
हेटौंडा/नेकपा एमालेका नेता तथा बागमती प्रदेश सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन।
कोरोना संक्रमित भई केही दिन देखी मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईको आज साँझ निधन भएको हो।चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन्।काठमाडौं पेप्सिकोला बस्दै आएका चौलागाईको बैशाख २१ गते कोरोना पुष्टि भएको थियो।



सेयर गर्नुहोस्