हेटौंडाको दुई अस्पतालले कोभिडका विरामीको उपचार गर्न नसक्ने

टुडे संवादाता
३१ बैशाख २०७८, शुक्रबार १७:०८

हेटौंडा/हेटौंडाका २ निजि अस्पतालले अस्पतालले कोभिडका विरामीको उपचार गर्न नसक्ने जनाएका छन् ।

शुक्रवार एक संयुक्त विज्ञप्ति जारि गर्दै अक्सिजन सिलिण्डरको आपूर्ति नभएको भन्दै हेटौंडाको चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालले कोरोना संक्रमित विरामीको उपचार गर्न नसक्ने जनाएका हुन् ।

मकवानपुरमै अक्सिजन प्लाष्ट नभएको कारण बाहिरी जिल्लाको अक्सिजन प्लाण्टको भर पर्नु परेको र बाहिरी जिल्लाबाट अक्सिजन आपूर्ति नभएको कारण आजैको मितिबाट दुबै अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्न नसक्न विज्ञप्ति मा जनाईएको छ ।

त्यस्तै हेटौंडाको चुरेहिलले १० बेड र मकवानपुर सहकारीले कोभिडका लागि २० बेड संचालन गरेकोमा विरामीको उपचार गर्न नसक्ने भनी विज्ञप्ति निकालेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*